१ मंसिर २०८२, आईतवार १३:२१
हालैको Gen Z आन्दोलनपछि पुरानो सरकार ढलेर सुशीला कार्की नेतृत्वको नयाँ सरकारले फाल्गुन २१ गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेका बेला दलहरूले प्रचार–प्रसार तीव्र बनाइरहेका अवस्थामा सोशल मिडियामा नेकपा एमालेको स्टाम्प लागेका ‘३ लिटर पेट्रोल’ र ‘मटन खाना, Gorkha Beer र सुुकुटी’ लेखिएका तस्बिरहरू भाइरल बनेपछि यसको चर्को आलोचना भइरहेका छन्। यी तस्बिरले दलहरूले मतदाता किन्न खोजिएको, चुनावलाई प्रलोभन र भ्रष्ट अभ्यासको माध्यम बनाइरहेको, र आन्दोलन तथा सत्ता परिवर्तनपछि पनि दलहरूको प्रवृत्ति नबदलिएर उही अस्वस्थ राजनीतिक संस्कृति दोहोरिँदै गएको आरोप झन् बलियो बनाएको छ। एमालेका केही स्थानीय कार्यकर्ताले तस्बिर फर्जी हुनसक्ने र पार्टीलाई बदनाम गर्न नियोजित रूपमा फैलाइएको दाबी गरे पनि...